
काठमाडौं, १८ चैत । आज शनिबार मुलुकभर वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका मेघ गर्जनसहित वर्षा हुनेछ । त्यस्तै, बाँकी प्रदेशमा पनि हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
शनिबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।












प्रतिक्रिया