
काठमाडौं, १८ चैत । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार राति सम्पन्न उद्घाटन खेलमा गुजरातले चेन्नई सुपरकिंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
चेन्नईले दिएको १७९ रनको लक्ष्य पछाएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यसैगरी आईपीएल अन्तर्गत आज दुई खेल हुँदैछ ।
पञ्जाव किंग्स र कोलकाता नाइटराइडर्स बीचको पहिलो खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । लखनऊ सुपर जाएंट्स र दिल्ली क्यापिटल्स बीचको दोस्रो खेल राति ७ः४५ बजेबाट सुरु हुनेछ ।















प्रतिक्रिया