३० आश्विन २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता जगाउँदै मनायो ‘ग्लोबल मनी सप्ताह २०२३’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । माछापुच्छ्रे बैंकले विभिन्न कार्यक्रम आयोजना गरेर ‘ग्लोबल मनी सप्ताह–२०२३’ मनाएको छ ।

वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ‘ग्लोबल मनी वीक–२०२३’ अर्थात् ग्लोबल मनी सप्ताह मनाइएको बैंकले जनाएको छ ।

बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यस वर्ष मार्च २० ताारिखदेखि २६ तारिखसम्म परेको यो सप्ताहअन्तर्गत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको छ ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनी सप्ताह मनाएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आम ग्राहक वर्गलाई लक्षित गर्दै यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरुमार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आएको थियो ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, १३३ वटा शाखारहित बैंकिङ्ग सेवा, २०६ वटा एटीएममार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।