
सुर्खेत, १७ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतबिभाजनका क्रममा मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो भने बिपक्षमा १ मत परेको थियो ।
शर्मालाई राप्रपा बाहेकका सबै दलका सांसदले विश्वासको मत दिएका थिए । शर्माको पक्षमा ३८ मत परेपछि कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले विश्वासको मत प्राप्त भएको घोषणा गरिन् ।
प्रदेश सभामा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।















प्रतिक्रिया