
काठमाडौं, १७ चैत । डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेपछि एक जना वरिष्ठ पत्रकारले कडा टिप्पणी गरेका छन् ।
कुनै बेला नेपाली काँग्रेससँग जोडिएर अहिले राष्ट्रियता र सनातन हिन्दू संस्कृतिका बारेमा आवाज उठाइरहेका वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीले स्वर्णिम वाग्लेको कनेक्शन इशाई धर्मसँग जोडेर कडा र गम्भीर टिप्पणी गरेका हुन् ।
यसो त राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि इशाइहरूसँग जोडेर हेर्ने गरिएको छ । पत्रकार त्रिपाठीले स्वर्णिमलाई पनि ‘भ्याटिकने’को उपमा दिएका छन् ।
कांग्रेसमा नअटाएका ‘भ्याटिकने’हरू एकै ठाउँमा एकत्रित हुने पूर्व अनुमान सही निस्कँदै गएको बताउँदै उनले अब काँग्रेसमा रहेका तीन जनाको अनुहार उदाङ्ग हुन बाँकी रहेको टिप्पणी गरेका छन् । तर, ती जना नेता को हुन उनले खुलाएका छैनन् ।
युरोपियन देश भ्याटिकन सिटी इसाइहरूको हेडक्वार्टर हो भ्याटिकनको लगानीबाट गुजारा गर्नेहरूलाई भ्याटिकने भनिन्छ । भ्याटिकन सिटीले विभिन्न नाममा आफ्नो गतिविधि गर्ने गर्दछ ।
जर्ज सोरसमार्फत नेपालमा ओपन सोसाइटीको नाममा, युनिभर्सल चर्चको नाममा, वर्ल्ड भिजनको नाममा हुने गतिविधि अलिक बढ्ता चर्चामा छन् ।
नेपालमा क्रिश्चियनहरू बढाउन भ्याटिकन सिटीले लगानी गर्दै आएको छ । पत्रकार त्रिपाठीले स्वर्णिमलाई पनि भ्याटिकन सिटीले लगानी गरेको घुमाउरो तरिकाले आरोप लगाएका छन् ।















प्रतिक्रिया