
काठमाडौं, १७ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र मुट्ठिभरका सानो समूहको कब्जामा भएको बताएका छन् ।
दूरदराजमा बस्ने तल्लो वर्गका नेपाली जनताको दु:ख र पीरमर्का हेर्ने बुझ्ने फुर्सद सत्तासिनलाई नभएको भन्दै थापाले मुलुक डरलाग्दो सेन्टिगेटको दुष्चक्रमा फसेको टिप्पणी गरेका छन् ।
‘भ्रष्टाचार संस्थागत भएको छ, भ्रष्टाचारिलाई संरक्षण गरिएको छ, सत्ता र शक्ति केन्द्रित फोहोरी खेलमा मात्र सबैको ध्यान केन्द्रित छ । यसले मुलुकलाई असफल राष्ट्रतर्फ उन्मुख गराउदैछ,’ थापाले भने ।
राप्रपा नेपाल आवद्ध पूर्वप्रहरी परिषद्को बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले पूर्व सुरक्षाकर्मीको हकहितलाई सुरक्षित राख्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
अध्यक्ष थापाले द्वन्द्वपीडितलाई सुविधा दिने नाममा सरकारले तत्कालीन विद्रोही पक्षलाई मात्र पक्षपोषण गरेकोमा आपत्ति जनाउँदै सबै द्वन्द्वपीडितलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् ।















प्रतिक्रिया