३० आश्विन २०८३, शुक्रबार

खानेपानीमन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानीमन्त्री रहेका अब्दुल खानले पदबाट राजीनामा दिएका छन् ।

उनले आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन् ।

जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका खानले मन्त्रिमण्डल पुनर्गठनमा उद्योग मन्त्रालय दाबी गरेका थिए । तर, सोही मन्त्रालयको जिम्मेवारी यथावत राख्ने प्रधानमन्त्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।

पछिल्लो समय मन्त्रालय बाँडफाँट हुँदा उद्योग मन्त्रालय पाउनेमा जनमत पार्टी ढुक्क थियो ।