२८ आश्विन २०८३, बुधबार

इन्दोर मन्दिर दुर्घटना : छत्तीस जनाको मृत्यु,मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । रामनवमी पर्व मनाउन पटेलनगर स्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ ।

इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए ।

इन्दोरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा दर्ता गरिएको बताएका छन् ।

घटनाबारे जानकारी पाउने वित्तिकै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान तथा गृहमन्त्री नरेन्द्र मिश्र घटनास्थल पुगेका छन् ।

द्रुत गतिमा उद्धार गर्न निर्देशन दिँदै घाइतेहरूको नि:शुल्क उपचार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

राज्य सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ ।