३ कार्तिक २०८३, मंगलबार

मन्त्रीका लागि काँग्रेसले बुझायो चारजनाको नाम, यी हुन मन्त्री बन्ने पक्का भएका चारजना 

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेपाली काँग्रेसले मन्त्रीका लागि चारजनाको नाम पठाएको छ ।

आठवटा मन्त्रालय पाएको काँग्रेसले चारजनाको मात्रै नाम बुझाएको हो । उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल र सीता गुरूङको नाम मन्त्रीका लागि पठाइएको हो ।

खड्का उपप्रधानमन्त्रीसहित रक्षा, महत अर्थ, रिजाल परराष्ट्र र गुरूङ सहरी विकास मन्त्री बन्ने भएका हुन् ।

बाँकी चारजनाको नाम पार्टीभित्र शेखर कोइराला पक्षसँगको विवादका कारण पठाउन नसकेको काँग्रेस नेताहरुले बताएका छन् ।

कोइराला पक्षले सम्मानजनक भाग नपाए मन्त्रीको नाम नपठाउने निर्णय गरेपछि पहिलो चरणमा चारजनाको नाम मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाइएको हो ।