३० कार्तिक २०८३, सोमबार

आज होला त मन्त्रिपरिषद् विस्तार ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबारदेखि नै मन्त्रिपरिषद् विस्तार गर्न खोजेपनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

गत चैत ६ गते संसद्बाट दोस्रो पटक विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्न खाजेका प्रधानमन्त्री प्रचण्डले हालसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैन् । दिनहुँ जसो प्रमुख सत्ता घटक नेपाली कांग्रेससहितको दश दलीय गठबन्धनसँग बैठक बसेपनि सहमति हुन सकेको छैन् ।

गत बुधबारनै गठबन्धनमा भागबन्डा मिलेको बताइएपनि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

हिजो बिहीबार पनि दुई पटक गठबन्धनको बैठक बसेको थियो । तर मन्त्रालय बाँडफाँटमा विवाद हुँदा बैठक विना निष्कर्ष टुंगिएको थियो ।

मन्त्रिपरिषद् विस्तारकै विषयमा छलफल गर्न आज बिहान पनि गठबन्धनको बैठक बस्ने तयारी रहेको छ ।

यद्यपी आज शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने र अपरान्ह तीन बजे नयाँ मन्त्रीहरुलाई शपथ गराउने तयारी रहेको उनको सचिवालयको दाबी छ ।

सत्ता गठबन्धनभित्र कांग्रेसले ८, माओवादी केन्द्रले ५, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।  तर कुन मन्त्रालय कस्ले लिने विवाद रहँदा मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताइएको छ ।

मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारको कामकारबाही प्रभावित भएको भन्दै सरकारको आलोचना भइरहेको छ ।