
काठमाडौं, १६ चैत । नेकपा एमालेले देशव्यापी रुपमा सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज बिहीबार विभिन्न जिल्लाका गाउँ र टोलहरूमा थुप्रै गतिविधि सम्पन्न भएका छन् ।
पार्टीका केन्द्रीय नेतादेखि स्थानीय नेता र कार्यकर्ता तथा जनसहभागितामा कार्यक्रमहरू भइरहेको एमालेले जनाएको छ ।
रामेछाप
नेकपा एमालेले सुरु गरेको पार्टी विस्तार तथा सुदृढीकरण अभियान मिसन ग्रासरूटअन्तर्गत संयीय राजधानी काठमाडौंलगायत देशैभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् । यसैबीच, रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मिसन ग्रासरुटको मध्यावधि समीक्षा बैठक सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र पार्टी जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू कपिलदेव पोखरेल, निरु दर्लामी, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य राजकुमार श्रेष्ठ लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । बैठकमा हालसम्म सञ्चालन भएको अभियान र त्यसबाट प्राप्त उपलब्धि तथा अभियान सञ्चालनको क्रममा देखिएका चुनौतीका बारेमा अभियानमा खटिनुभएको प्रतिनिधिहरूले रिर्पोटिङ गर्नुभएको थियो ।
हुम्ला
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माओवादीको नेतृत्वमा देशमा समाजवाद आउँछ भन्नु बालुवा पेलेर तेल निकाल्छु जस्तो मुर्खता भएको बताउनुभएको छ । दुई महिनाको मिसन ग्रासरुट अभियानअन्तर्गत हुम्लाको चंखेली गाउँपालिकाको मध्यावधी समिक्षा बैठकलाई संवोधन गर्दै सचिव भट्टराईले देशमा समाजवादको नेतृत्व एमाले बाहेक अरु कसैले गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।

समाजवाद हुँदैं साम्यवादका नारा लगाएर दश वर्षे युद्ध गरेको माओवादी प्रचण्ड देशको प्रधानमन्त्री हुँदा देशले इतिहाँसकै सबै भन्दा बढी अर्थिक संकटको सामना गरिरहेको उहाँको भनाइ छ । एमाले नेतृत्वको सरकारले कर्णाली कोरिडोर र कर्णाली राजमार्गलाई कर्णालीको लाइफ लाइनका रूपमा अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
एमाले चंखेली गाउँ कमिटीका इञ्चार्ज पुनिमल रावलको अध्यक्षतामा बसेको बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इनचार्ज गोरखबहादुर बोगटी, एमाले केन्द्रीय सदस्यत्रय निरज आचार्य, नवराज रावत, दल फडेरालगायत नेताहरूले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो ।
काठमाडौं
मिसन ग्रासरूट अभियानअन्तर्गत काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ कमिटीले आयोजना गरेको स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीको नेतृत्वबीचको अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ । पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पन्तले एमाले सामुहिक नेतृत्वमा चल्ने पार्टी भएको बताउनुभएको छ । पार्टीसँगको समन्वयबिना अगाडि बढ्दा दुर्घटना हुन सक्ने धारणा राख्नुभयो । जनप्रतिनिधिहरूले पार्टीको संगठनलाईलाई फाइदा पुग्नेगरी जनताको काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डे, प्रदेश सदस्य श्याम घिमिरेलगायत नेताहरूले धारणा राख्नुभएको थियो ।
अर्घाखाँची
मिसन ग्रासरूट अभियानअन्तर्गत अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका विभिन्न वडामा टोल कमिटी गठन गरिएको छ । केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी पोलिट्ब्यूरो सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा वडा नम्बर–५ मा जीवलाल बञ्जाडेको अध्यक्षतामा ११ सदस्यीय ३ नम्बर टोल कमिटी गठन गरिएको छ ।

कार्यक्रममा प्रदेश प्रतिनिधि रामजी घिमिरे, जिल्ला कमिटी सदस्य प्रेम थापा, र बसन्ता पौडेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
यस्तै, असुरकोट नयाँगाउँ टोलमा रिता श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय टोल कमिटी, अनराम बञ्जाडेको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल किसान महासंघ र देवा भण्डारीको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संगठन गठन गरिएको छ ।
मकवानपुर
मिसन ग्रासरूट अभियानअन्तर्गत मकवानपुरमा नेकपा एमाले केन्द्र, प्रदेश, जिल्ला र हेटौँडा उपमहानगरपालिका कमिटीले विभिन्न समयमा जारी गरेका अन्तरपार्टी निर्देशन (अपानी)/परिपत्र र निर्णयअनुसारको कामहरूको तथ्यांक संकलन तथा प्रतिवेदन लेखनको लागि प्रतिवेदन लेखन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी पोलिट्ब्यूरो सदस्य पार्वत गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २०८० चैत ५ गते सम्मको कार्ययोजना निर्माण गरिएको छ भने कार्ययोजना कार्यान्वयनको लागि कार्यान्वय तथा अनुगमन कार्यदल गठन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट्व्यूरो सदस्य गुरूङले पार्टी कामलाई व्यवस्थित गर्न लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
स्याङजा
मिसन ग्रासरूट अभियानअन्तर्गत स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १, २ र १३ मा वडा भेला तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी पोलिटब्यूरो सदस्य लिलबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट्ब्यूरो सदस्य मगरले मिसन ग्रासरुट अभियानले पार्टीमा छुट्टै उर्जा पैदा गरेकोले आगामी निर्वाचनमा नेकपा एमालेले केन्द्र, प्रदेश र स्थानीय तहमा एकल सरकार बनाउने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश उपसचिव रश्मि आचार्यले नेकपा एमाले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको बताउनुहुँदै सिद्धान्त, संगठन र संघर्षमा एमालेको श्रेष्ठता स्थापित भएको धारणा राख्नुभयो । कार्यक्रममा अभियानका लागि विभिन्न योजनाहरू निर्माणसमेत गरिएको छ ।
काठमाडौं
मिसन ग्रासरूट अभियानअन्तर्गत काठमाडौ महानगरकाका ११ वटा वडाहरू १, ६, ७, ८, ९, १०, ११, २९, ३०, ३१ र ३२ मा एक चरणको बैठक सम्पन्न गरी वडा नं ६, ७, ८, र ९ मा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ । वडा नम्बर ८ र ९ मा पार्टी पोलिट्ब्यूरो सदस्य आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै, वडा नम्बर ६ मा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको प्रमुख आतिथ्यता र प्रदेश कमिटी सदस्य सिताराम रेग्मी, जिल्ला कमिटी सदस्य ज्ञान माया डंगोल लगायत नेताहरूको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमकै क्रममा वडा नम्बर ७ मा बागमती प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।
काभ्रेपलाञ्चोक
मिसन ग्रासरूट अभियानअन्तर्गत काभ्रेपलाञ्चोकको खानीखोलामा जनश्रमदान गरिएको छ । जिल्लाकै विकट गाउँपालिकाका नागरिक सडक अवरोधका कारणले समस्या पर्ने गरिरहेकामा एमालेले श्रमदान गरेर सडकको अवरोध हटाएको हो ।

बाह्रैमहिना आवतजावत हुनसक्ने गरी जिल्ला सदरमुकामसम्म सडक पहुँचको प्रयास थालिएको हो । पार्टी पोलिटव्यूरो सदस्य रामेश्वर फुँयालको नेतृत्वमा गाउँपालिकाको वडा नं ७ मा मिसन ग्रासरुटमा सहभागी कार्यकर्ताहरूले सडकमा जनताले भोग्दै आएका अफ्ठारोलाई समाधान गर्न एकतामा बल हुन्छ भन्ने सन्देश बोकेर श्रमदानमा खटिएका हुन् ।
मोरङ
नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुटअन्तर्गत मोरङको बेलवारी नगरपालिकामा वडागत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका पोलिटव्यूरो सदस्य तथा मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधि देवेन्द्र दहालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पोलिटव्यूरो सदस्य दहालले मिसन ग्रासरुटको उद्देश्य, पार्टीको अपेक्षा र कार्यकर्ताले गर्नुपर्ने काम लगायत पार्टी सुदृढीकरणका विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यहरू सन्जिव रोकाहा, कमल गौतम, मोहन न्यौपानेका साथै जिल्ला कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो । मोरङ जिल्लामा पुरानो कम्युनिष्टहरूको गढ मानिने बेलबारीमा पार्टीका नेताहरू वडा र टोल टोलमा पुग्नुभएबाट स्थानीयमा नयाँ उत्साह थपिएको प्रदेश कमिटी सदस्य रोकाहाले वताउनुभयो । यसैगरी मिसन ग्रासरुट अन्तर्गत केराबारी–५ मा पार्टी वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ तोल्कामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएकी पार्टी केन्द्रीय सदस्य कल्पना चापागाईको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष दुर्गाबहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रमले विभिन्न योजनाहरूसमेत निर्माण गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चापागाइले सक्षम र क्रियाशिल कार्यकता निर्माण गर्दै जनताको साथमा बलियो पार्टी निर्माण गर्न ग्रासरूट अभियान सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा वडाका अग्रज नेता नारायण त्रिपाठीलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश कमिटी सचिबालय सदस्य लिलाधर पौडेल, प्रदेश कमिटी सचिबालय सदस्य दीपक पौडेल लगायतका नेता कार्यकताहरूको उपस्थिति थियो ।
जुम्ला
मिसन ग्रासरूट अभियानकै क्रममा आज जुम्लाको गोठीचौर गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी केन्द्रीय सदस्य नगिन्द्र शाही (नेसनल) प्रदेश कमिटी सदस्य डाक्टर कुसेन्द्र महत, प्रदेश प्रतिनिधि जय बहादुर खत्रि, जिल्ला कमिटी उपसचिव प्रेम बुढा लगायत नेताहरूले तिनै वडा कमिटीका पदाधिकारीहरूसँग फिल्डमै पुगेर छलफल गर्नुका साथै अहिलेसम्मको प्रगतिको मुल्यांकन र निरीक्षणसमेत गर्नुभएको छ ।
पार्टी सदस्यता नवीकरणको अवस्था बुझ्ने र नयाँ सदस्यता आवेदन सिफारिसका निम्ति पालिका कमिटीको बैठक भोलि बिहान बस्ने निर्णय गर्दै थप कार्य विभाजनसमेत गरिएको छ ।
कपिलवस्तु
कपिलवस्तुको कुष्णनगर नगरपालिका वडा नम्बर २ मा मिसन ग्रासरूट अभियानअन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य साजिदा सिदीकीको प्रमुख आतिथ्यता र वडा कमिटीृका अध्यक्ष रजत धोबीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, जिल्ला कमिटी सदस्य, गोपाल थापा, जिल्ला कमिटी सदस्य रिता चोधरी, नगरकमिटी उपाध्यक्ष महताब आलम खाँ लगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो ।
गोरखा
मिसन ग्रासरूट अभियानअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० मा वडास्तरीय प्रशिक्षण तथा वडा भेला कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य किशोर बिक्रम मल्लको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश सचिवालय सदस्य सुरेन्द्र थापा, प्रदेश कमिटी सदस्य राम प्रसाद शर्मा, जिल्ला कमिटी सदस्यहरू तिर्थ नेपाली, सन्तबहादुर नेपाली, सबिता बराम लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा ज्येष्ठ कम्युनिस्ट ८४ वर्षीय गङ्गा बहादुर कार्की, ७६ वर्षीय पुस्पलाल लामिछाने, ७६ वर्षीय बुद्धिबहादुर श्रेष्ठ, ७२ वर्षीय रेशम बहादुर रोका र ७२ वर्षीय डण्डबहादुर रोकालाई सम्मान गरिएको थियो ।

भेलाले ८ वटा टोल कमिटी गठन गरी पार्टी सदस्यता नवीकरण गर्ने, बैठक राख्ने र वडास्तरीय जनसङ्गठन गठन गरी प्रशिक्षण गर्ने कार्ययोजना बनाएको छ । भेलाले गङ्गा बहादुर कार्कीको अध्यक्षतामा ५ सदस्यीय जेष्ठ कम्युनिस्ट मञ्च, बलराम लामिछानेको अध्यक्षतामा ७ सदस्यीय किसान महासघ र खिल कुमारी श्रेष्ठको अध्यक्षतामा अखिल नेपाल महिला संघ समेत गठन गरेको छ ।
यसैबीच, केन्द्रीय सदस्य मल्लकै प्रमुख आतिथ्यतामा गोरखाकै आरूघाटमा प्रदेश, जिल्ला, पालिका तथा स्थानीयस्तरका पदाधिकारीहरूको संयुक्त बैठक पनि सम्पन्न भएको छ । बैठकले मिसन ग्रासरूट अभियानको उदेश्यअनुरूप काम गर्ने गरी प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य र पालिका पदाधिकारीको जिम्मेवारी बिभाजन गरेको छ ।
सोलखुम्बु
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर–६ मा मिसन ग्रासरुट अभियान सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका प्रदेश कमिटी सदस्य पोष्टकुमार कार्कीको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा अभियान सम्पन्न भएको हो ।
समापन कार्यक्रममा मिसनग्रासरुटअभियानको बारेमा छलफल र समिक्षा गरिएको थियो । अभियानका क्रममा वडामा पार्टी संगठन र विस्तारका कार्यलाई तीव्रता दिइएको वडा कमिटी श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपसचिव दिपक राजभण्डारी, जिल्ला सचिवालय सदस्य कल्पना राई, जिल्लाकमिटी संयोजक रामकाजी श्रेष्ठ, नगरकमिटी अध्यक्ष मिङमार छिरी शेर्पा लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
दैलेख
मिसन ग्रासरूट अभियानअन्तर्गत दैलेखको दु्ल्लु नगरपालिकाको वडा नम्बर १३ मा ७ टोल कमिटी, ४ वटा जनसंगठन, वडास्तरीय समन्वय संयन्त्र गठन भएको छ । केन्द्रीय प्रतिनिधि मीनबहादुर शाहीको प्रमुख आतिथ्यतामा विभिन्न कमिटीहरू गठन गरिएको हो । कमिटीका पदाधिकारीहरूलाई केन्द्रीय प्रतिनिधि शाहीले सपथग्रहण गराउनुभएको थियो ।
















प्रतिक्रिया