
काठमाडौं, १६ चैत । नेपाली कांग्रेस परित्याग गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
कांग्रेस परित्यागको घोगाणा गरेको केही घण्टा बित्न नपाउँदै वाग्लेले रास्वपाको सदस्यता लिएका हुन् । साथै तनहुँ निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी उक्त पार्टीको छ ।
वाग्लेले कांग्रेस छाडेसँगै रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुसँग छलफल गरेका थिए । छलफलगत्तै उनले रास्वपाको डिजिटल फारम भरेर पार्टी सदस्यता लिएका हुन् ।
कांग्रेसमा संस्थापन इतरनिकट चिनिने वाग्लेले सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाको हेपाहा व्यवहारका कारण कांग्रेसभित्र बसेर शीर उच्च बनाउन नसकिने निष्कर्ष निकाल्दै पार्टी छोडेको बताएका छन् ।















प्रतिक्रिया