३० आश्विन २०८३, शुक्रबार

सरकारमा मन्त्री पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई पठाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

आज बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले तय गरेको मापदण्ड अनुसार मन्त्रिपरिषदमा सदस्य पठाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको हो ।

यस्तै बैठकले उपनिर्वाचनका लागि तनहुँ–१ र चितवन–२ का लागि उम्मेदवार तय गर्नाका साथै मिटरव्याजी पीडितहरूको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मिटरब्याजीको समस्यामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।