
चितवन, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा रहेको गौतमबुद्ध क्रिकेट रङ्गशालाको समस्या दुईसाताभित्रै समाधान गरिने बताएका छन् ।
आज बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या दुई सातामा हल हुने बताएका हुन् ।
उनले रंगशालामा रहेका समस्या हल गर्ने जिम्मा सरकारले लिने बताउँदै थोरै मन्त्रालय मिलाउन बाँकी रहेकाले छिटै मन्त्रिपरिषद् विस्तार हुने जानकारी पनि दिए ।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गर्न लागिएको हो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।















प्रतिक्रिया