३० आश्विन २०८३, शुक्रबार

लोसपाका शरतसिंह भण्डारी श्रममन्त्री बन्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् ।

पार्टीले प्राप्त गरेको एक जनाको कोटामा पार्टीले भण्डारीलाई पठाउन लागेको हो ।

सत्तारूढ गठबन्धनबीच हिजो मात्रै मन्त्रालय बाँटफाँटको सहमति जुटेको थियो ।

सहमति अनुसार कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने छन् ।