२८ आश्विन २०८३, बुधबार

भोलिदेखि एसईई परीक्षा सुरू हुँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा “एसईई” शुक्रबारदेखि सुरु हुने भएको छ ।

यहि चैत १७ देखि २९ गतेसम्म एसईईको परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

परीक्षामा सहभागी हुन देशभरिका ५ लाख १६ हजार ५ सय ७७ जना विद्यार्थीहरूले आवेदन फाराम भरेका छन्। एसईईको परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

देशभर २ हजार ३७ परीक्षा केन्द्र कायम गरिएको परीक्षा बोर्डले जनाएको छ ।

आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुने भएको छ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ ।

कठिनाइ स्तर एउटै भएपनि प्रत्येक प्रदेशमा फरक प्रश्न सोधिने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको समेत बताउनुभयो ।