बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

दैनिक नेपाल २०७९ चैत १६ गते ९:००

काठमाडौं, १६ चैत । सत्तारुढ राजनीतिक दलबीच कुन मन्त्रालय कस्ले लिने विषय टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । कुन दलले कति मन्त्रालय लिने विषय भने बुधबार नै टुंगिएको छ ।

जिम्मेवारी लिने मन्त्रालय टुंगिनसाथ मन्त्रिपरिषद् विस्तार हुनेछ । कांग्रेसले अर्थ मन्त्रालयको दाबी गरिरहेको छ ।

त्यस्तै, माओवादी केन्द्र गृह मन्त्रालय नछाड्ने रणनीतिमा छ । प्रधानमन्त्री कार्यालय सचिवालय सदस्य गोकर्ण भट्टले जिम्मेवारी लिने मन्त्रालय टुंग्याउन सत्तारुढ दलबीच बैठक सुरु भएको बताए ।

मन्त्रालय भागबण्डाका लागि सत्तारुढ १० दलबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । सोही बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो । सहमति अनुसार कांग्रेसले अर्थसहित ८ मन्त्रालय पाएको छ । माओवादी केन्द्रको भागम प्रधानमन्त्रीसहित पाँच मन्त्रालय परेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीको भागमा दुई–दुई मन्त्रालय परेको छ । बाँकी जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले एक–एक मन्त्रालय पाउने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित