३ कार्तिक २०८३, मंगलबार

सेतो मच्छिन्द्रनाथको रथ असन पुग्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु भएको छ ।

जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीन धारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर बुधबार असन पुर्‍याईएको छ ।

अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि सुरु भएको खटयात्रा ५ बजेदेखि ६:३० बजेसम्मजमल, रत्नपार्क र भोटाहिटी हुँदै असनपुगेको हो ।

दोस्रो दिन भोलि असनदेखि रथ तानेर हनुमानढोकासम्म लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ ।

३२ हात लामो रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगनहुँदै मच्छिन्द्रवहालमा पुर्‍याएपछि जात्रा सम्पन्न हुन्छ ।