
काठमाडौं, १५ चैत । सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा मिलेको छ । बुधबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले भागबण्डा टुंग्याएको हो ।
सहमतिअनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय दिने सहमति भएको हो ।
सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।















प्रतिक्रिया