
काठमाडौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आकस्मिक सचिवालय बैठक बोलाएका छन् ।
मन्त्रीको टुंगो लगाउन आकस्मिक बैठक बोलाइएको जानकारी दिइएको छ । बैठक अहिले पार्टी कार्यालय आलोकनगरमा जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साँझसम्म मन्त्रीको नाम पठाउन आग्रह गरेपछि बैठकबाट मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्रीलाई पठाउने पार्टीको तयारी छ ।















प्रतिक्रिया