३ कार्तिक २०८३, मंगलबार

नेपालमा लुकेका आशंका गरिएका भारतले ‘वान्टेड’ मा राखेका अमृतपाल को हुन् ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह नेपालमा लुकेका हुन सक्ने भारतले आशंका गरेको छ ।

उनलाई नेपाल छोडेर अन्यत्र जान नदिन भारतले नेपालीलाई पत्राचार पनि गरेको छ। नेपालको अध्यागमन विभागका एक अधिकारीकाअनुसार काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै खोजी गरिदिन आग्रह गरेको बताएका छन् ।

उनन्तीस वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्। पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको छ ।

पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको छ। पञ्जाबमा उनका धेरै समर्थकहरू पक्राउ परेका छन्।

उनी नेपालमा रहेको फेला परे पक्राउ गरेर भारत पठाइने बताइएको छ ।