
काठमाडौं, १५ चैत । शिवचन्द्र कुसवाह नेकपा (माओवादी केन्द्र) परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कुसवाहले बुधबार काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा आफू माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको बताएका हुन् ।
पार्टीभित्र आफूविरूद्व जालझेल भएकाले माओवादी छोडेको बताएका हुन् ।
उनी गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर-२ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । तर उनी पराजित भए ।















प्रतिक्रिया