
काठमाडौं, १५ चैत । रौतहटमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।
ईशनाथ नगरपालिका-६ स्थित मोजिबुल रहमानको घरमा मंगलबार राति आगलागी हुँदा उनकी ११ वर्षीया छोरी रजिया खातुनको जलेर मृत्यु भएको हो ।
उनी सुतिरहेको बेलामा घरमा आगो लागेको थियो ।
आगलागीबाट लाखौँको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया