
काठमाडौं, १५ चैत । प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दैछ ।
आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेश गर्ने कार्यसूची रहेको छ ।
आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।












प्रतिक्रिया