३० कार्तिक २०८३, सोमबार

आजको मौसमः सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । आज बुधबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

बाँकी भूभागमा आंशिक बदली रहे पनि सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाको अनुसार देशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै, बुधबार राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।