३० आश्विन २०८३, शुक्रबार

एमालेलाई सक्छौँ भन्नेहरूलाई नै जनताले भित्तामा पुर्‍याइदिए : ईश्वर पोखरेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १४ चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई भित्तामा पुर्‍याउँछौँ भन्नेहरू आफै भित्तामा पुगेको बताएका छन् ।

मिसन ग्रासरुटअन्तर्गत रौतहटको गौरमा आज आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै उनले एमालेलाई सक्छौँ भन्नेहरूलाई नै निर्वाचनमार्फत जनताले भित्तामा पुर्‍याइदिएको बताएका हुन् ।

जनताको माया र स्नेहले नै नेकपा एमाले समानुपातिक मतमा पहिलो भएको र अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी योजनाबद्ध ढंगले काम गरिरहेको उनले बताए ।

मिसन ग्रासरुटको मुख्य उद्देश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरुको समस्याको समाधान र पार्टीलाई जगैदेखि नै बलियो बनाउनु रहेको उनले प्रष्ट पारेका छन् ।