३० आश्विन २०८३, शुक्रबार

आज थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुग्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २४ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४२९ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १ हजार २६३ जना पुगेको छ ।

आज मंगलबार ३२० जनाको पीसीआर परीक्षण गर्दा १५ जना र एक हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेको सङ्ख्या ९ लाख ८९ हजार १६५ जना पुगेको छ ।