
काठमाडौं, १४ चैत । इञ्जिनियरिङको लाइसेन्स परीक्षामा अधिकांश फेल भएका छन् ।
चैत १२ र १३ गते भएको परीक्षामा ७१ प्रतिशत फेल भएका हुन् । लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए ।
तर परीक्षामा सहभागीहरुको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएका छन् । ११ जनाको परीक्षा रद्द गरिएको थियो।
लाइन्सेन्स परीक्षामा अनुत्तिर्ण भएकाहरुले नेपालभर काम गर्न पाउँदैनन् । विगतमा प्रमाणपत्र लिइसकेकाहरुले भने लाइन्सेन्सको लागि पुन: परीक्षा दिनुपर्दैन ।















प्रतिक्रिया