
काठमाडौं, १४ चैत । विराटनगर आज फेरि तनावग्रस्त बनेको छ ।
कोशी प्रदेश नामांकरणको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको हो ।
प्रर्दशनकारी प्रहरीले रोकेको स्थानमा प्रवेश गर्न खोजेपछि दोहोरो झडप भएको हो । प्रहरीले रोकेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।
प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको छ ।















प्रतिक्रिया