
काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय मुलुकको सुरक्षा चुनौती बढिरहेको बताएका छन् ।
राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भू-राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण सुरक्षा चुनौती बढेको बताएका हुन् ।
‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू-राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
उनले पछिल्लो अवस्थाकाबारेमा अध्ययन गरेर आवश्यक पहलकदमी लिन पनि नेपाली सेनालाई आग्रह गरे ।















प्रतिक्रिया