२ कार्तिक २०८३, सोमबार

बाख्रालाई संगिनी सुई लगाएपछि…

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । गुल्मीमा महिलाले प्रयोग गर्ने गर्भनिरोधक संगिनी सुई बोका बाख्रामा लगाउने गरेको पाइएको छ।

गुल्मीको धुर्कोट गाउँपालिकाले सोमबार सूचना नै जारी गरी कतिपय वडामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले नियमविपरीत बाख्राका पाठाहरूलाई महिलालाई लगाउने गर्भनिरोधक तीन महिने सुइ लगाउने गरेको पाइएकोले त्यस्तो कार्य रोक्न सचेत गराएको छ।

बोका बाख्राको तौल बढ्ने भन्दै संगिनी सुई लगाउने गरेको पाइएको बताइएको छ । संगिनी सुइ एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन ।

धुर्कोट गाउँपालिका वडा नं. १ नयाँ गाउँ र वडा नं. ७ वाग्लामा केही पाठाहरूमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूबाट नियमविपरीत संगिनी सुई लगाउने गरेको भन्ने जानकारीमा आएकाले उक्त कार्य यथाशीघ्र बन्द गराउन अनुरोध गरिएको पालिकाले जानकारी दिएको छ ।

संगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्ने भएकोले बोका बाख्रामा सुई प्रयोग नगर्न पालिकाले सचेत गराएको हो ।