
काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग भेट गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आजै पीडितहरूलाई भेट्ने बताइएको छ ।
यस्तै, पीडितहरूसँग छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोलीसमेत गठन गरेको छ ।
टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगा रहेका छन् ।















प्रतिक्रिया