
काठमाडौं, १४ चैत । नेकपा (एमाले) का नेता भीम रावलले तत्काल पार्टी छोड्ने कुनै सोच नरहेको तर पार्टीभित्रबाट घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् ।
धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै रावलले ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको तर घचेटि राखेमा जनताको निर्देशनअनुसार नयाँ पाइला चाल्ने बताएका हुन् ।
‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु-त्यति बेला किन घचेटि माग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु,’ रावलले भने ।
निर्वाचनका बेलामा रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग भेटेको र पार्टीमा असहयोग गरेको आरोपमा स्पष्ट पार्दै रावलले आफूले पार्टीमा कसैलाई पनि हराउन भूमिका नखेलेको बताएका छन् ।















प्रतिक्रिया