२ कार्तिक २०८३, सोमबार

मिटरब्याजी पीडितलाई भेटे गृह मन्त्रालयका सहसचिव र प्रजिअले

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडितहरूलाई गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्मा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भेटेका छन् ।

मंगलबार बिहान आन्दोलनका लागि बालुवाटार पुगेका पीडितलाई बालुवाटार नै पुगेर सहसचिव शर्मा र प्रजिअ उपाध्यायले भेटेका हुन् ।

गृहसचिव शर्मा र प्रजिअ उपाध्यायले समस्या समाधानका लागि प्रधानमन्त्री समक्ष कुरा राख्ने आश्वासन दिँदै आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका छन् ।