
काठमाडौं, १४ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले बर्दिबासबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद भएको बताएका छन् ।
सोमबार खुलामञ्च छिर्न खोजेका मिटरब्याजी पीडितहरूलाई महानगरपालिकाले रोकेको थियो । बालेनले खुलामञ्च निषेधित क्षेत्र नभएको भन्दै माइतीघरमा आन्दोलन गर्नेहरूको शिविर खुलामञ्च राख्न खोज्नु शंकास्पद भएको बताएका हुन् ।
उनले आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभइ न्यायको लागि भएको बताउँदै चाँडो न्यायको अनुभूति दिलाउनुपर्ने बताएका छन् ।
‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो। शिविर बनाएर महिनौं वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो। यसो नगरी सम्पुर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ,’ उनले भनेका छन्।
मिटरब्याज पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले संघीयतालाई निर्मम प्रश्न गरेको पनि उनले उल्लेख गरेका छन् ।















प्रतिक्रिया