
काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि अध्यक्ष नेपालसहित एकीकृत समाजवादीका नेताहरू बालुवाटार पुगेका हुन् ।
प्रचण्डले आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन् । नेकपा एस र प्रचण्डबीच मन्त्रालय बाँडफाँडकै विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला नेताहरू पनि बालुवाटार पुगेका थिए।















प्रतिक्रिया