
काठमाडौं, १४ चैत । आज मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहेछ । बाँकी भू-भागको मौसम भने सामान्यता सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, मंगलबार राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।











प्रतिक्रिया