२ कार्तिक २०८३, सोमबार

बुर्किना फासोमा फ्रान्सेली टेलिभिजन च्यानल निलम्बित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उगादुगुउ, १४ चैत । बुर्किना फासोको सरकारले सोमबार फ्रान्सेली टेलिभिजन च्यानलहरूले अल-कायदा इन द इस्लामिक मगरेब (एक्यूआईएम) का एक नेतासँग गरेको अन्तर्वार्तापछि फ्रान्स २४ को प्रसारण निलम्बन गर्न आदेश दिएको छ ।

सरकारका प्रवक्ता जीन-इमानुएल ओउड्रागोले यो निर्णय राष्ट्रको हितमा गरिएको र फ्रान्स २४ कार्यक्रमहरूको प्रसारण बुर्किना फासोमा अनिश्चितकालका सम्मका लागि निलम्बन गरिने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ “फ्रान्स२४ ले आतङ्कवादीहरूको लागि संचार एजेन्सीका रूपमा मात्र काम नगरेर आतङ्कवादी कार्यहरू र घृणाका भाषणहरूलाई वैधानिकता दिने ठाउँ समेत प्रदान गर्ने गरेको छ ।”

गत डिसेम्बरमा बुर्किना फासोले रेडियो फ्रान्स इन्टरनेसनलका कार्यक्रमहरू समेत निलम्बन गरेको थियो ।  सिन्ह्वा