
काठमाडौं, १४ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायलाई आफ्नो वेबसाइटहरुमा रहेका पुराना सामग्री र लिंक हटाउन निर्देशन दिएको छ ।
सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना डाटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकोले उक्त फाइल लगायतका सामग्रीहरु हटाउन निर्देशन दिएको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार, नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइलहरु स्थानान्तरण नगरेको हुनाले निर्देशन दिन बाध्य भएको हो ।
हाल नेपाल सरकारका विभिन्न निकायले नीजि क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेका छन् ।
यसरी निर्माण भएका वेबपेजहरु समयमा नै प्राविधिकरुपमा अपडेट नहुदाँ सुरक्षा जोखिम रहने तथा सुरक्षासम्बन्धी मापदण्डहरुको उचित पालना नगरिने अवस्था रहेकोले प्रधानमन्त्री कार्यालयले एउटै वेब टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।












प्रतिक्रिया