
काठमाडौं, १३ चैत । भैरहवा उड्न लागेको बुद्ध एयरको एटीआर जहाज धावनमार्गबाट फिर्ता भएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार पौने ३ बजे उडान तालिका रहेको जहाज धावनमार्गमा केही बेर दौडिसकेको जहाजमा अचानक इण्डिकेसनमा समस्या देखिएपछि जहाजले टेकअफ नै रद्द गरेको थियो ।
जहाजलाई अब नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टीमले जाँच गर्नेछ ।
त्यसपछि मात्र उडानको अनुमति पाउने छ ।













प्रतिक्रिया