
काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ ।
मेयर साहले सुकुम्बासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै सोमबार बिहान माइतीघर मण्डलामा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले विरोध प्रर्दशन गरेको हो ।
काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघरसम्म प्रर्दशन गरेका उनीहरूले आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेकाले प्रर्दशनलाई निरन्तरता दिइएको बताएका छन् । विरोध प्रर्दशनकारीले, पक्राउ परेका भूमि अभियन्ताहरूलाई नि:शर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका मुद्दा खारेज गर्नुपर्नेलगायत माग राख्दै मेयर साहको विरोधमा चर्का नारा लगाएका छन् ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बालेन साहले चुनावअगाडि सकुम्बासीहरूलाई गरेको बाचा पूरा नगरेको भन्दै आक्रोश पोखे । उनले भने, ‘७० लाख सुकुम्बासी राख्नका लागि पहिला जेलको व्यवस्था गर, अनि मात्रै हामीलाई जेल हाल्न खोज ।’
कार्कीले प्रश्न गर्दै अगाडि भने, ‘हाम्रो बास उठाउँदैछौ भने हामी जेल बस्न तयार छौँ । हिजो चुनावमा उठ्दा भनेको थियौ गरीबको बोल्दीने कोहि छैन् चमेली भन्दै गीत गाउँथ्यौँ आज त्यो गीत मेयर बनेपछि किन यति छिट्टै बिर्सियौँ ?’
उनले भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो संविधान र कानुनविपरीत उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहेको आरोप लगाउँदै उनले कडा आन्दोलनमा जाने चेतावनी दिए ।
हेर्नुहोस् तस्वीरहरू–



















प्रतिक्रिया