२ कार्तिक २०८३, सोमबार

गायक दुर्गेश थापाविरूद्द प्रहरीमा उजुरी

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । गायक दुर्गेश थापाविरूद्द प्रहरीमा उजुरी परेको छ ।

दुर्गेशले आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन् ।

शनिबार काठमाडौंको टोखामा दुर्गेशसहितको तीनजनाको समूहले आफूमाथि कुटपिट गरेको रिदमले उजुरीमा उल्लेख गरेका छन् ।

उनले आफ्नो सुनको सिक्रीसमेत हराएको बताएका छन् । प्रहरीले दुवै पक्षलाई छलफलका लागि मंगलबार बोलाएको छ ।