२ कार्तिक २०८३, सोमबार

किन आयो अमेरिकी सेनाको २२ सदस्यीय टोली काठमाडौं ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । अमेरिकी सेनाको २२ सदस्यीय टोली काठमाडौं आएको छ ।

अमेरिकी सेनाको टोली सोमबार काठमाडौं आइपुगेको हो । नेपाली सेना र अमेरिकी सेनाबीच हुने तीन दिने छलफलका लागि अमेरिकी सेना नेपाल आएको हो ।

आज सोमबारदेखि १५ गतेसम्म द्विपक्षीय सैन्य छलफल हुँदैछ । सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको बैठकमा यो बर्ष शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रीत हुने नेपाली सेनाले जनाएको छ ।

छलफलमा नेपालकोतर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुने सेनाले जनाएको छ । नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने तय भएको छ ।

अमेरिकी सेनाकोतर्फबाट प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथले टोलीको नेतृत्व गर्नेछन् ।