३० कार्तिक २०८३, सोमबार

राष्ट्रपति पौडलद्वारा पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको शालिकमा माल्यार्पण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उद्योगमन्त्री स्व. नविन्द्रराज जोशीको शालिकमा माल्यार्पण गरेका छन् ।

काठमाडौं महानगरपालिका–१९ यटखास्थित कुमार मन्दिर परिसरमा राष्ट्रपति पौडेलले जोशीको शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण गर्न काठमाडौं निर्वाचन क्षेत्र नं. ८ ले सोमबार बिहान कुमारी मन्दिरमा कार्यक्रम गरेको थियो ।

कांग्रेस पूर्व केन्द्रीय सदस्य जोशीको मष्तिष्कघाटका कारण १३ चैत ०७७ मा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । संविधान सभा सदस्य उनी काठमाडौं महानगरपालिकाका पूर्व उपप्रमुख हुन् । नेपाल विद्यार्थी संघका महामन्त्री समेत भएका उनी गणेशमान सिंह अध्ययन स्मृति प्रतिपष्ठानका संस्थापक अध्यक्ष पनि हुन् ।