३० कार्तिक २०८३, सोमबार

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध मुद्दाको पेशी आज, आजै फैसला आउन सक्ने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी सम्बन्धि मुद्दाको आज सोमबार पेशी तोकिएको छ ।

अदालतको नियमित कार्यसूची अनुसार उनी विरुद्धको मुद्दा सम्बन्धमा आज पेशी तोकिएको हो । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी मुद्दा विचाराधिन छ । अदालतले दुवै पक्षको बयान र आवश्यक प्रमाण बुझिसकेको हुँदा मुद्दामा आजै फैसाला आउन सक्ने सम्भावना रहेको छ ।

१७ वर्षीय बालिका बलात्कार अभियोगमा लामिछाने गत २० असोजमा पक्राउ परेका थिए । पुर्पक्षका लागि कारागार चलान भएका उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

सन्दीप विरुद्ध पीडितले गत २१ भदौमा प्रहरी वृत गौशलामा जाहेरी दिइएकी थिइन् । जाहेरीमा उल्लेख भए अनुसार बालिका गत ५ भदौमा गौशलास्थित होटलमा बलात्कृत भएकी थिइन् ।