
काठमाडौं, १३ चैत । आज सोमबार मुलुकभरको मौसम सामान्यतया सफा रहनेछ ।
मुलुकको पहाडी भू-भागमा भने सामान्य बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, मुलुकका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।
सोमबार राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । मुलुकको बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।












प्रतिक्रिया