३० कार्तिक २०८३, सोमबार

मिटरब्याज नेपाली समाजमा रहेको शोषण र विकृति हो, यसलाई सधैको लागि समाप्त पार्नुपर्छः कमल थापा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले शोषण र विकृतिको रुपमा रहेको मिटरब्याज समस्यालाई सधैको लागि समाप्त पार्नुपर्ने बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले मिटरब्याज समस्यालाई सधैको लागि समाप्त पार्नुपर्ने बताएका हुन् ।

उनले मिटरब्याज पीडितहरुको समस्याको स्थायि समाधान गरी देशमा सरकार छ भन्ने प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध समेत गरेका छन् ।

यसैबीच, महोत्तरीको बर्दिबासबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले आज राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गर्दैछन् ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेर ११औँ दिनमा आइतबार काठमाडौंको मातातिर्थ आइपुगेका पीडितहरुले आज सोमबार बिहान मिटरब्याजी विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन् ।

मिटरब्याज विरुद्धको संघर्ष समितिको अगुवाइमा काठमाडौं आइपुगेका उनीहरुले माग पुरा नभएसम्म घर नफर्कने बताएका छन् । उनीहरुले तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग राखेका छन् ।