३० आश्विन २०८३, शुक्रबार

वर्तमान गठबन्धनले देशका सबै क्षेत्र सङ्कटतिर लगिरहेको छ : टोपबहादुर रायमाझी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १२ चैत । नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले वर्तमान दश दलीय गठबन्धनले देशका सबै क्षेत्रलाई सङ्कटग्स्त अवस्थातिर लगिरहेको बताएका छन् ।

आज आइतबार नेकपा एमाले अर्घाखाँचीले आयोजना गरेको अगुवा कार्यकतालाई प्रशिक्षित गर्दै सचिव रायमाझीले देश अस्थिरतातर्फ गइरहेको त्यसको कारक सिद्धान्तहीन वर्तमान गठबन्धन रहेको बताएका हुन् ।

वर्तमान गठबन्धनले देशका सबै क्षेत्र सङ्कटग्रस्त अवस्थामा लगिरहेको दाबी गर्दै उनले मुलुकको आर्थिक अवस्था दिनानुदिन समस्याग्रस्त बन्दै गएको बताए । तर, सरकार भने सत्ताको बाँडफँटमै अलमलिएको र जनचासोका विषयतर्फ ध्यान नदिएको उनको भनाइ छ ।

मिसन ग्रासरूटले पार्टीलाई गतिशील बनाएको र आगामी दिनमा पनि निरन्तर दिनुपर्नेमा रायमाझीको जोड छ । अर्घाखाँचीमा संघ र प्रदेशमा शतप्रतिशत विजयी भएको स्मरण गर्दै आगामी दिनमा स्थानीय तहमा पनि शतप्रतिशत विजय हुनेगरी अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा स्थायी समिति सदस्य राजन भट्टराई, पोलिटब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, केन्द्रीय सदस्य चेतनारायण आर्चायलगायले प्रशिक्षण दिएका थिए ।