३० आश्विन २०८३, शुक्रबार

एमाले सबै षडयन्त्र छिचोलेर राष्ट्रिय शक्तिको रुपमा उदाउँछ : केपी ओली

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १२ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेविरुद्ध भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खालका षडयन्त्रलाई छिचोलेर राष्ट्रिय शक्तिको रुपमा एमाले उदाउने बताएका छन् ।

आज आइतबार नेकपा एमाले अर्घाखाँचीले आयोजना गरेको अगुवा कार्यकतालाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले देश विकासका लागि मुलुकमा बलियो राष्ट्रिय शक्तिको खाँचो रहेको र त्यस पूर्ति गर्न नेकपा एमाले राष्ट्रिय शक्तिको रुपमा उदायरै छोड्ने बताएका हुन् । त्यस्तो शक्तिको नेतृत्व नेकपा एमालेले गर्ने उनको भनाइ छ ।

देशभित्र र बाहिरका एमालेविरोधी शक्तिहरूबाट एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट रोक्न अनेक षडयन्त्र भइरहेको बताउँदै उनले एमालेले सबै षडयन्त्र चिर्दै फेरि पनि उदाएरै छाड्ने विश्वास व्यक्त गरेका हुन् ।

आफ्नो कार्यकालमा राष्ट्रिय गौरवका आयोजना सुरू गरेको बताउँदै अध्यक्ष ओलीले जनताको पक्षमा काम गर्दागर्दै सरकार छाड्नुपरेको र अहिले ती आयोजनाहरूको काम रोकिएको बताए । ‘समृद्व नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई एमालेले मात्र अघि बढाउन सक्ने बताउँदै उनले उक्त अभियानको निरन्तरतासँग पनि पार्टीको ‘मिसन ग्रासरूट’ अभियान जोडिएको प्रष्ट पारे ।

देशमा दश मुखे गठबन्धन रहेको भन्दै अध्यक्ष ओलीले उक्त दश मुखे गठबन्धन आ–आफ्नो हितका लागि मात्रै भएको चर्चा गर्दै जनताको पक्षमा कुनै काम नगर्ने दाबी गरेका छन् । सत्ताको भागवण्डामै रुमलिरहेको वर्तमान सरकारले मुलुकको आर्थिक अवस्थालाई ख्यालै नगरेको ओलीको भनाइ छ ।