२ कार्तिक २०८३, सोमबार

प्रचण्डको मति सप्रिन्छ कि भनेर प्रधानमन्त्री बनाएँ सुधार्न सकिएन: अध्यक्ष ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमार्डौं, १२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुधार्न खोजेको तर नसकेको बताएका छन् ।

अर्घाखाँचीमा मिसन ग्रासरुट अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बनाएको भोलिपल्टैबाट प्रचण्डको चालमाल ठिक नभएको बताए ।

‘अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, हामीले देख्यौं सरकार बनाइदिएको भोलिपल्टबाट मैले हेरें चालमाल ठिक छैन,’ अध्यक्ष ओलीले भने ।